थप ५ सय ५४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

थप ५ सय ५४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौं, २४ पुष । नेपालमा थप ५ सय ५४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको छ ।

२४ घण्टामा ५ सय ८५ संक्रमित डिस्चार्ज,  ६  को मृत्यु

त्यसैगरी २४ घण्टामा  ५ सय ८५ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ५७ हजार २ सय २९ पुगेको छ ।

यसैगरी कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ९ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);