२४ घण्टामा थप १ सय ६७ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

२४ घण्टामा थप १ सय ६७ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौं, १७ चैत । पछिल्लो २४ घण्टामा नेपालमा थप एक सय ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएका तीन हजार १ सय ४० पीसीआर परीक्षणमध्ये एक सय ६७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको कुलको संख्या दुई लाख ७७ हजार १ सय ४७ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमणका कारण हालसम्म तीन हजार ३० जनाको मृत्यु भईसकेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक सय १५ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको जम्मा संख्या दुई लाख ७२ हजार ७ सय २७ पुुगेको छ । यो कुल संक्रमित संख्याको ९८ दलमलव ४ प्रतिशत हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);