पछिल्लो २४ घन्टामा १ सय ८५ संक्रमितको मृत्यु, थप ७ हजार ४ सय २५ जनामा संक्रमण पुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पछिल्लो २४ घन्टामा १ सय ८५ संक्रमितको मृत्यु, थप ७ हजार ४ सय २५ जनामा संक्रमण पुष्टि

काठमाडौं। कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा थप १ सय ८५ जनाको मृत्यु भएको छ। मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न स्थानमा कोरोना संक्रमणबाट थप १ सय ८५ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ६ हजार ५ सय ३१ पुगेको मन्त्रालयले जनाएको हो ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा झन्डै दुई हजार ८ सय कोरोना संक्रमित थपिएका छन । थपिएकामध्ये सबैभन्दा धेरै काठमाडौंका एक हजार ८०६, भक्तपुरमा २९८ र ललितपुरमा ६८१ गरी कुल संक्रमित दर दुई हजार ७९३ पुगेको मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार आज देशभर थप ७ हजार ४ सय २५ जनामा संक्रमण पुष्टि भएको छ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार १३५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);