कास्कीका एकसहित गण्डकी प्रदेशमा थप २० जनाको मृत्यु र कास्कीका २६३ जनामा संक्रमण पुष्टि | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कास्कीका एकसहित गण्डकी प्रदेशमा थप २० जनाको मृत्यु र कास्कीका २६३ जनामा संक्रमण पुष्टि

कास्की आज  गण्डकी प्रदेशमा  थप ७४४ जनामा कोरोना पुष्टि भएको छ । आज गण्डकी प्रदेशका १ हजार ७३४ जनामा गरिएको नमुना परिक्षणमा थप ७४४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज संक्रमण पुष्टि हुनेमा कास्कीका २६३ जना, तनहुँका १०४ जना, गोरखाका ११ जना, लमजुङका २३ जना, नवलपुरका १३३ जना र स्याङ्गजाका ८८ जना, पर्वतका ५९ जना, बाग्लुङका २१ जना, म्याग्दीका ३८ जना, मुस्ताङका दुई जना र मनाङ जिल्लाका २  जना रहेका छन्।

आज पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३५ हजार ३२६ पुगेको छ  भने आज २४ घण्टामा गण्डकीमा ६५३ जना कोरोना मुक्त भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश निर्देशक विनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।

योसंगै, प्रदेशमा कोरोना मुक्त हुनेको संख्या २४ हजार ४२० पुगेको छ। यस्तै पनि गण्डकीमा आज  थप २० जनाको मृत्यु  भएकोस्वास्थ्य निर्देशनालय जानकारी दिएको  छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका १  जना, तनहुँका २  जना, स्याङ्गजाका ६  जना, पर्वतका ४  जना, बाग्लुङका ४  जना र मुस्ताङ जिल्लाका १  जना र रुपन्देहीका एक जना रहेका छन्।

योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५५१ पुगेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);