गण्डकीमा थप १३ सय ७२ जनामा कोरोना पुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

गण्डकीमा थप १३ सय ७२ जनामा कोरोना पुष्टि

पोखरा । आज  गण्डकीमा थप १३७२ जनामा कोरोना पुष्टि भएको छ।आज पुष्टि हुनेमा कास्कीका ३५३ जना, तनहुँका ९३ जना, गोरखाका १५६ जना, लमजुङका १६ जना, नवलपुरका ९४ जना भने स्याङ्गजामा  ६११ जनामा , पर्वतका १८ जना, बाग्लुङका ९ जना, म्याग्दीका २१ जना र मुस्ताङ जिल्लाका १ जनामा  कोरोना पुष्टी भएको देश स्वास्थ्य निर्देशनालयक निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिएका छन्।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३२ हजार ६० पुगेको छ भने जसमा १० हजार १८८ सक्रिय संक्रमित रहेका छन्।पछिल्लो २४ घण्टामा गण्डकीबाट ४३३ जना कोरोना मुक्त भएका छन्।

आज पनि गण्डकी प्रदेशमा  थप २१ जनाको मृत्यु पुष्टि भएको छ।आज मृत्यु हुनेमा कास्कीका सात जना, नवलपुरका पाँच जना, स्याङ्गजाका चार जना, तनहुँका एक जना, गोरखाका ३जना र बाग्लुङ जिल्लाका दुई जना छन्। योसंगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४७३ पुगेको निर्देशनालयले जनाएको छ।  

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);