निष्पक्ष छानविन गरी दोषिलाई कारवाही गर्न स्वतन्त्र राजनीतिक समूहको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

निष्पक्ष छानविन गरी दोषिलाई कारवाही गर्न स्वतन्त्र राजनीतिक समूहको माग

नवलपरासी । शसस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका अविनाश राजभरलाई शहीद घोषणा गर्न र पीडित परिवारलाई उचित क्षतिपुर्ति दिन स्वतन्त्र राजनीतिक समूह पश्चिम नवलपरासीले माग गरेको छ । साथै उक्त घटनाको छानविनका लागि गृहमन्त्रालयद्धारा गठित छानविन समितिलाई निष्पक्ष छानविन गर्न पनि समूहले ध्यानाकर्षण गराएको छ ।

स्वतन्त्र राजनीतिक समूहले बिहिवार पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रलाई ज्ञापन पत्र बुझाउँदै उक्त माग गरेको हो । मृत्तक अविनाश स्वतन्त्र राजनीतिक समूहका जिल्ला सदस्य बच्चा राज भरका जेठा छोरा हुन् । प्रतापपुर ६ का २२ वर्षीय अविनाशको शसस्त्र प्रहरीले नजिकबाट गोली हानेर हत्या गरेको समूहको आरोप छ ।

घटनामा संलग्न प्रहरीलाई कडा कारबाही गर्न माग गरिएको समूहका जिल्ला संयोजक राधेरमण पाण्डेयले दैनिक २४ खबर डटकमलाई बताए । सामान्य वादविवादमा लाठिचार्ज, अश्रु ग्याँस, हवाईफायर लगायतका विकल्प हुँदाहुँदै शसस्त्र प्रहरीले नजिकबाट गोली हानेर अविनाशको हत्या गरेको उनको दाबी छ ।

शसस्त्र प्रहरीले पटकपटक यस्ता घटना दोहोराएको र सीमा क्षेत्रमा बसेर तस्करीलाई प्रोत्साहन गर्दै आएको बताउँदै समूहले तत्काल सीमा क्षेत्रबाट शसस्त्र प्रहरीका सबै क्याम्प हटाउन माग गरेको छ । मृतकका भाई अभिषेकले छिमेकी देश भारतबाट औषधी र दैनिक उपभोग्य सामान ल्याउने क्रममा सीमामा भएको सामान्य विवाद पछि गएकाअविनाशलाई मापसे गरेका शसस्त्र प्रहरीले अनाहकमाा गोली हानेको समूहका संयोजक पाण्डेयको दाबी छ ।

जेठ ५ गते बिहान साढे नौ बजे सुस्ता ५ वनकट्टी सीमा क्षेत्रमा शसस्त्र प्रहरी र स्थानीय बीच भएको विवादको क्रममा शसस्त्र प्रहरीले गोली चलाउँदा गम्भीर घाईते अविनाशको शहीद स्मृति सामुदायिक अस्पताल चौपत्तामा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

भारतबाट नेपालतर्फ आउन खोजेका युवाहरुलाई रोक्न खोज्दा ५०- ६० जनाको समूह आएर शसस्त्र प्रहरीलाई ढुंगामुडा गरेपछि शुरुमा अश्रु ग्यास हानेको तर भिड थप उत्तेजित बनेपछि सुरक्षाका लागि गोली चलाएको शसस्त्र प्रहरीको भनाई छ । गृहमन्त्रालयले सहसचिव कृष्णप्रसाद पन्तको नेतृत्वमा छानविन समिति गठन गरेकोले मृतक शबपनि परिवारले आज बुझेको समूहका संयोजक पाण्डेयले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);