सप्तरी घटनाको छनविन गर्न मानवअधिकार आयोगको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सप्तरी घटनाको छनविन गर्न मानवअधिकार आयोगको आग्रह

२४ फाल्गुन, काठमाडौं । राष्ट्रिय मावन अधिकार आयोगले सप्तरीमा भएको घटनाको निष्पक्ष छानविन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ ।

सप्तरी घटनाको छनविन गर्न मानवअधिकार आयोगको आग्रह

२४ फाल्गुन, काठमाडौं । राष्ट्रिय मावन अधिकार आयोगले सप्तरीमा भएको घटनाको निष्पक्ष छानविन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ ।

मंगलबार विज्ञप्ती जारी गर्दै आयोगले सप्तरीको राजविराजमा प्रहरीको गोली लागी ३ जनाको मृत्यु भएको घटनाको छनविन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेको हो । आयोगले मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइते प्रदर्शनकारी र सुरक्षाकर्मीको निःशुल्क उपचारको व्यवस्था मिलाउन समेत आग्रह गरेको छ ।

सप्तरी घटनाको अनुगमनमा खटिएको आयोगको टोली र सवारीसाधन माथि मोर्चाका कार्यकर्ताले गरेको आक्रमणप्रति आयोगले खेद प्रकट गरिएको छ । आयोगको अनुगमन, अनुसन्धान कार्यमा कुनै पनि अवरोध सृजना नगर्न साथै कुनैपनि राजनीतिक दलले आफ्ना क्रियाकलाप सञ्चालन गर्दा हदै सम्मको संयमता अपनाउन समेत आयोगले अपिल गरेको छ । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);