एमालेले भन्योः शीर्ष नेताहरुको सामुहिक हत्या प्रयास भयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एमालेले भन्योः शीर्ष नेताहरुको सामुहिक हत्या प्रयास भयो

२४ फाल्गुन, काठमाडौं । नेकपा एमालेले सप्तरी घटनाको निष्पकक्ष छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ ।

एमालेले भन्योः शीर्ष नेताहरुको सामुहिक हत्या प्रयास भयो

२४ फाल्गुन, काठमाडौं । नेकपा एमालेले सप्तरी घटनाको निष्पकक्ष छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ ।

मंगलबार पार्टी कार्यालय धुम्बराहीमा आयोजित पत्रकार सम्मेलनपछि एमाले महासचिव इश्वर पोखरेलद्वारा विज्ञप्ती जारी गरी घटना नियोजित भएको भन्दै छनविन गरी दोषीलाई कारवाही गर्न सरकार र मानवअधिकार आयोगलाई आग्रह गरेको हो । एमालेले सप्तरी घटनामा पार्टीको शीर्ष नेताहरुको सामुहिक हत्या प्रयास भएको दाबी गरेको छ ।

घटना हुनुमा गृहमन्त्री विमलेन्द्र निधीको भूमिका शंकास्पद रहेको भन्दै एमालेले घटनाको जिम्मेवारी मधेसी मोर्चाले लिनुपर्ने बताएको छ । एमालेको मेची–महाकाली अभियान विथोल्न प्रदर्शनमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सोमबार राजविराजमा भएको झडपमा गोली लागेर तीन जनाको मृत्यु भएको थियो ।

घटनापछि ३ दिनलाई अभियान स्थगित गरेर काठमाडौं आएका एमाले नेताहरुले मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);