गौहत्याको दोषीलाई कारबाही गर्न राप्रपाको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

गौहत्याको दोषीलाई कारबाही गर्न राप्रपाको माग

काठमाडौं । राप्रपाले बाँकेको खजुरामा भएको गौहत्याको दोषीलाई कारबाही गर्न माग गरेको छ । बुधबार पुनः खजुराअन्तर्गत रनियापुरमा ठूलो संख्यामा गाईको हत्या भएको भन्दै दोषीलाई कारबाही गर्न राप्रपाले माग गरेको हो ।

हिन्दुहरुको आस्थाको रुपमा रहेको राष्ट्रिय जनावर गाईको ठूलो संख्यामा हत्या भएकाले उक्त घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरिएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उक्त घटनाप्रति आपत्ति जनाउँदै राप्रपाले दुःख व्यक्त गरेको छ ।

‘बाँकेको खजुराअन्तर्गत रनियापुरमा हिन्दुहरुको आस्थाको रुपमा रहेको राष्ट्रिय जनावर गाईको आज फेरि ठूलो संख्यामा हत्या भएको घटना दुःखद, निन्दनीय र आपत्तिजनक छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘घटनाको सत्यतथ्य छानबिन गर्न, दोषी पत्ता लगाउन र दोषीलाई कडा कारबाही गर्नसरकारसँग राप्रपा जोडदार माग गर्दर्छाैं ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);