१७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग माग : सभापति देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

१७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग माग : सभापति देउवा

काठमाडाैं, २४ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैतडीको चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ । देउवाले उक्त घटनाका सम्बन्धमा तत्काल अनुसन्धान गरी दोषीलाई कारबाही गर्न शनिबार माग गर्नुभएको हो ।

देउवाले १७ वर्षीया किशोरीको हत्याको घटनाले आफू निकै मर्माहित भएको पनि उल्लेख गर्नुभएको छ । बैतडीको दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको घर नजिकैको जंगलमा शव भेटिएको थियो ।

भट्टको बलात्कारपछि हत्या गरिएको प्रहरीको आशंका छ । घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको सिआइबीको टोली पनि घटनास्थल खटिएको छ। भट्टको मृत्युबारे अनुसन्धान गर्न शुक्रबार तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरिएको बैतडीका प्रहरीले जनाएको छ ।

गत बुधबार घरबाट विद्यालय गएकी किशोरी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर हत्या गरी फालिएको अवस्थामा शव नजिकैको लबलेक जङ्गलमा फेला परेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);