बाँके राष्ट्रिय निकुञ्जले सात थान भरुवा बन्दुकसहित ९ जनालाई पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

बाँके राष्ट्रिय निकुञ्जले सात थान भरुवा बन्दुकसहित ९ जनालाई पक्राउ

pakrau

निशा शाह
नेपालगञ्ज,२४ माघ ।
बाँके राष्ट्रिय निकुञ्जले सात थान भरुवा बन्दुकसहित ९ जनालाई पक्राउ गरेको छ । निकुुञ्जले सल्यानको कालीमाटी गाउँपालिका वडा नम्बर २ र ३ बाट ९ जनालाई पक्राउ गरेको भन्दै निकुञ्जले शुक्रबार पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको हो ।

बिहीबार बिहान करिब ५ बजेतिर निकुञ्ज क्षेत्रभित्रको विभिन्न स्थानमा राखिएको सिसी क्यामेरामा बन्दुक बोकेर आउने जाने गरेको दृश्य देखिएपछि सल्यानको कालिमाटी क्षेत्रमा निकुञ्ज र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको श्रीमेहर गणको संयुक्त गस्तीबाट उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले जानकारी दिनुभयो ।

२०६७ सालदेखि निकुञ्जमा सचालनमा रहेको ‘अप्रेसन महाहन्ट’ अन्तर्गत खैरीगोठ अपरेसनबाट उनिहरुलाई रंगेहात पक्राउ गर्न सफल भएको भन्दै बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाहले जानकारी दिनुभयो ।

भरुवा बन्दुकसहित पक्राउ पर्नेमा सल्यान कालीमाटी गाउपालिका वडा नं ३ का भीमबहादुर खनाल, वडानं २ का देवप्रसाद थापा, धनबहादुर डाँगी, तिलक डाँगी, टेकबहादुर कुँवर, कृष्ण थापा, शोकबहादुर खत्री, कुमार थापा र रत्नलाल मगर रहेको निकुन्जले जनाएको छ ।

बाँके राष्ट्रिय निकुञ्जका सुचना अधिकारी तथा सहायक संरक्षण अधिकृत महेश न्यौपानेले उनीहरुलाई सल्यानको कालिमाटी गाउँपालिका वडा नम्बर २ र ३ बाट भरुवा बन्दुक सहित नियन्त्रणमा लिन सफल भएको जानकारी दिए । उनीहरु जंगली जनावरको चोरी शिकारीमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);