कपिलवस्तुमा पहिलो चरणमा २ हजार २१६ जनालाई खोप | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कपिलवस्तुमा पहिलो चरणमा २ हजार २१६ जनालाई खोप

काठमाडाैं, २४ माघ । कोरोना बिरुद्धको पहिलो चरणको १० दिने खोप अभियानमा कपिलवस्तुमा २ हजार २ सय १६ जनाले खोप लगाएका छन् । अग्रपंक्तिमा खटेका स्वास्थ्यकर्मी, महिला स्यमसेविका, सफाईकर्मी, एम्बुलेन्स चालक कारागारका कैदीबन्दी र सुरक्षाकर्मीले पहिलो चरणमा खोप लगाएका हुन् ।

जिल्ला स्वास्थय कार्यालयद्धारा कोरोनाको पहिलो चरणको प्रगति विवरणका बिषयमा शुक्रबार आयोजित अन्तक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख अनिल केसीले सो जानकारी गराउनु भयो । कपिलवस्तुमा कोरोनाको खोप कोभिसिल्ड ४५ सय फाईल प्राप्त भएको थियो ।

खोपकालागि २ हजार ४३ जनाको लक्ष्य तोकिएको थियो । महिला स्वयम्सेविका ६ सय ४७ , स्वास्थ्यकर्मी ६ सय ९७, सरसफाईकर्मी ९९, स्वास्थय संस्थाका अन्य कर्मचारी ९९, सव व्यवस्थापन सुरक्षाकर्मी ७९, कपिलवस्तु कारागारमा रहेको कैदीबन्दी र सुरक्षाकर्मी ४ सय ४२ जनालाई खोप लगाइएको छ ।

पहिलो चरणमा ३ वटा खोप केन्द्र र ९ वटा स्टेलाई केन्द्र खडा गरिएको थियो । कपिलवस्तुको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलको संयोजकत्वमा रहेको कोरोना समन्वय तथा अनुमगन समितिले अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सरसफाईकर्मी सुरक्षाकर्मीलाई खोप दिने निर्णय गरेको थियो ।

कपिलवस्तु अस्पतालले कोरोना खोपको पहिलो चरणको अभियानमा कपिलवस्तु नेपाल कै तेश्रो स्थान हासिल गरेको छ । सो अवसरमा कपिलवस्तु अस्पतालका डाक्टर गणेश क्षेत्रीले खोप लगाएका मध्ये कसैलाई पनि ठुलो साइडइफेक्ट नदेखिएको जानकारी गराउनु भयो ।

उहाँले सामान्य रिगँटा र ज्वरो आउने र थकान महसुस हुने बाहेक अन्य केही नभएको बताउनु भयो । पहिलो चरणमा खोप लगाएकाहरुलाई नै दिइएको खोप कार्डका आधारमा २८ दिन पछि फेरी खोप लगाईने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);