अछाममा ५० हजार बढीले लगाए कोरोनाको पूर्ण मात्रा खोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अछाममा ५० हजार बढीले लगाए कोरोनाको पूर्ण मात्रा खोप

अछाम । अछाममा कोरोनाभाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको संख्या ५० हजार ६ सय पुगेको छ । गत वर्षको १४ माघदेखि पहिलो चरणको खोप अभियान सुरु भएको थियो । कोरोना विरुद्धको खोप अभियानअन्तर्गत जिल्लाका १० वटै स्थानीय तहमा खोप अभियान चलिरहेको छ । अछाममा एष्ट्राजेनेका, जाेन्सन एन्ड जाेन्सन र काेभिसिल्ड गरी तीन प्रकारको खोप लगाइएको छ । जसमा जोन्सनको पूर्ण मात्रा खोप लगाउनेको संख्या १२ हजार चार सय ८५ छ । 

पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखिएको थियो । दोस्रो चरणमा अग्रभागमा टेर सेवा प्रवाह गर्दै आएका सञ्चारकर्मी, सुरक्षाकर्मी, निजामती कर्मचारी, पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मी, एम्बुलेन्सकर्मी, सफाइकर्मी लगायतको क्षेत्रमा कार्यरतलाई लगाइएको थियो ।

तेस्रो चरणमा सबै ज्येष्ठ नागरिक सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक, सार्वजनिक सवारीका चालक, सहचालक र पहिलो चरणमा खोप लगाउन छुटेका सबैलाई लगाइएको थियो । जिल्लामा अहिले पनि कोरोनाविरुद्धको खोप अभियान चलिरहेको छ । 

आजबाट अछाममा कोभिसिल्ड तथा एष्ट्राजेनेका खोपको दोस्रो मात्रा खोप लगाउन सुरु भएको छ । कोभिड-१९ विरुद्धको पहिले भेरोसिल खोपको पहिलो मात्रा लगाएका ४० वर्षमाथिका आमनागरिक तथा १८ वर्ष माथिका विद्यार्थीलाई खोप लगाउन थालिएको हो ।

कोभिसिल्ड तथा एष्ट्राजेनेका पहिलो मात्रा लगाई दोस्रो मात्रा नपाएका आमनागरिकलाई भोलिसम्म खोप अभियान सञ्चालन भएको वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले जानकारी दिए । दुई दिनको अवधिमा ११ हजार देखि १५ हजार नागरिकलाई भेरोसेल र चार हजार दुई सयजनालाई कोभिसिल्ड खोप लगाउने लक्ष्य रहेको उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);