ताप्लेजुङमा ५० हजारले लगाए कोरोनाविरुद्धको पूर्ण खोप | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

ताप्लेजुङमा ५० हजारले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

ताप्लेजुङ । ताप्लेजुङमा झन्डै ५० हजार नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार ४९ हजार ६ सय ४९ जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका हुन् ।

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार सबैभन्दा बढी भेरोसेल खोप लगाएका छन् । ३० हजार ६ सय ६ जनाले भेरोसेल खोपको दुबै मात्रा(डोज) लगाएका छन् । कोभिशिल्ड-एक्सट्राजेनेका खोपको दुबै मात्रा लगाउनेको संख्या १३ हजार १ सय ९३ छ । ५ हजार ८ सय ५० जनाले एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप लगाएका छन् ।

१९ हजार १ सय २० जनाले कोभिशिल्ड-एक्सट्राजेनेका खोपको पहिलो मात्रा र ३३ हजार ३ सय ५५ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् । यसरी ५ हजार ९ सय २९ जनाले कोभिशिल्ड-एक्सट्राजेनेका खोपको दोस्रो मात्रा लगाउन बाँकी रहेको पाइएको छ ।  २ हजार ७ सय ४९ जनाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउन बाँकी छ । कोरोनाविरुद्धको खोपको पहिलो मात्रा मात्र लगाउनेको संख्या ८ हजार ६ सय ७८ रहेको पाइएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);