अछाममा डेढ लाखभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप, पूर्ण मात्रा लगाउने ६५ हजार | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

अछाममा डेढ लाखभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप, पूर्ण मात्रा लगाउने ६५ हजार

अछाम। अछाममा हालसम्म कोरोनाविरुद्धको खोप लगाउने एक लाख ५० हजार पाँच सय ९४ पुगेका छन् । जसमा कम्तीमा ८५ हजार ६ सय ४० जनाले पहिलो र ६४ हजार नौ सय ५४ जनाले पूर्ण मात्रा लगाएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय अछामका अनुसार सबैभन्दा धेरै मंगलसेन नगरपालिकामा २४ हजार दुई सय ७० जनाले खोप लगाएका छन् । जस्मा १४ हजार दुई सय ३७ जनाले पहिलो मात्रा र १० हजार ३३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै, सवैभन्दा कम वान्नीगढी जयगढ गाउँपालिकामा १० हजार आठ सय १८ जनालाई खोप लगाइएको छ । जसमा पहिलो मात्रा खोप लगाउनेको ६ हजार दुई सय ६४ र पूर्ण मात्रा खोप लगाउने चार हजार पाँच सय ५४ रहेका छन् ।

साँफेबगर नगरपालिकामा १८ हजार तीन सय ८३ जनाले खोप लगाएका छन् । जसमा पहिलो मात्रा खोप लगाउने नौ हजार आठ सय ८७ रहेको छ भने पूर्ण मात्रा खोप लगाउने आठ हजार चार सय ९६ रहेको छ ।

पन्चदेवल विनायक नगरपालिकामा १६ हजार तीन सय १९ जनाले खोप लगाएका छन् । जसमा पहिलो मात्रा खोप लगाउने नौ हजार ६ सय २२ र ६ हजार ६ सय ९७ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

कमलबजार नगरपालिकामा १५ हजार एक सय ९३ जनालाई खोप लगाइएको छ । जसमा एक मात्रा खोप लगाउने आठ हजार पाँच सय ८८ रहेको छ भने ६ हजार ६ सय पाँच जनाले पूर्ण मात्रा खोप लगाएको सूचना अधिकारी पन्तले जानकारी दिए । 

तुर्माखाँद गाउँपालिकामा १४ हजार चार सय ४३ जनाले खोप लगाएका छन् । जसमा पहिलो मात्रा खोप लगाउने सात हजार ६ सय ६५ रहेको छ भने ६ हजार सात सय ७८ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

रामारोशन गाउँपालिकामा १४ हजार दुई सय ४२ जनालाई खोप लगाइएको छ । यहाँ पहिलो मात्रा खोप लगाउने आठ हजार चार सय ६० र  दुवै मात्रा खोप लगाउने पाँच हजार सात सय ८२ रहेको छ । 

यता, चौरपाटी गाउँपालिकामा १२ हजार नौ सय २२ जनालाई खोप लगाइएको छ । सात हजार चार सय ९१ जनालाई एक मात्रा खोप लागाइएको छ भने पाँच हजार चार सय ३१ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

मेल्लेख गाउँपालिकामा १२ हजार ६८ जनालाई खोप लगाइएको छ । जसमा कम्तीमा एक मात्रा खोप लगाउने ६ हजार नौ सय ६४ र उनीहरूमध्ये पाँच हजार एक सय चार जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

ढकारी गाउँपालिकामा ११ हजार नौ सय ३६ जनालाई खोप लगाइएको छ । जसमा एक मात्रा खोप लगाउने ६ हजार चार सय ६२ रहेका छन् भने उनीहरूमध्ये पाँच हजार चार सय ७४ जनाले पूर्ण मात्रा खोप लगाएकोे जिल्ला स्वास्थ्य कार्यालय अछामका तथ्यांक अधिकृत एवं सूचना अधिकारी शम्भुनारायण पन्तले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);