नदी छेउमा भएका बस्ती स्थानान्तरण तीन वटै सरकारको जिम्मेवारीः मुख्यमन्त्री मगर | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८३, सोमबार

नदी छेउमा भएका बस्ती स्थानान्तरण तीन वटै सरकारको जिम्मेवारीः मुख्यमन्त्री मगर

काठमाडौँ ।

वामगती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नदी छेउमा भएका बस्तीलाई स्थानान्तरण गर्नुपर्ने बताउनुभएको छ । सोमवार काठमाडौं महानगरपालिकाद्वारा आयोजित काठमाण्डु क्लाइमेट एक्शन विकलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले नदी बेसमा भएका भौतिक संरचना र बस्ती विकासलाई स्थानान्तरण गर्न आवश्यक भइसकेको बताउनु भयो । उहाँले नदी छेउका बस्ती स्थानान्तरण गर्ने जिम्मेवारी तीन वटै सरकारको भएको पनि बताउनु भयो । उहाँले यसले मानवीय क्षतिलाई न्युनिकरण गर्न सकिने उहाँको भनाइ छ । मुख्यमन्त्री मगरले त्रिशूली नदीमा सात वटा हाइड्रो रहेको र सुरुङबाट निस्किएको मग सबै नदीमा डिपोजिट भएकै कारण पनि भदौ १० गतेको बाढीले ठूलो क्षति गरेको जिकिर गर्नुभयो । नदी छेउमा हाइड्रोहरुलाई स्वीकृति दिँदा नदीमा मग जम्मा हुनेगरी दिनु नहुने बताउनु भयो ।

मुख्यन्त्री मगरले नदीको बहाव क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन जरुरी रहेको बताउनु भयो । त्यसले मानवीय क्षति कम गर्न सकिने जिकिर गर्नुभयो । प्रकृतिले सिर्जना गरेको क्षेत्रलाई खुला राख्नुपर्ने उहाँको भनाइ छ । वागमती प्रदेशका अन्य बजेट शिर्षकहरु कटौति गरेर पुनःनिर्माणतर्फ जाने तयारीमा सरकार रहेको बताउनु भयो । करिव ५ अर्ब फण्ड तयार गरेको बताउनु भयो ।

Leave a Reply