चोरीको मोटरसाईकल सहित मानिस नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

चोरीको मोटरसाईकल सहित मानिस नियन्त्रणमा

बीरगञ्ज, २४ माघ । बीरगञ्ज नगर भित्र मो.सा चोरी कार्य निरन्तर भईरहेकोमा यस कार्यालय तथा मातहत समेतका प्रहरी टोलीले मो.सा. चोरी गर्ने कार्य न्यूनीकरण गर्ने क्रममा मिति २०७७।१०।२० गते अं. १६:०० बजेको समयमा विशेष सचनाको आधारमा यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा जिल्ला पर्सा बिरगंज म.न.पा. वडा नं. २८ बस्ने जगत नारायण महराको छोरा वर्ष २१ को सोनालाल महराले नम्बर प्लेट नभएको चेसिस नं. M02A92CY7HCK0031 ईन्जिन नं.JEYCHK0037 को NS-160 CC को रातो कालो रंगको मोटरसाईकल आफ्नै घरमा लुकाई छिपाई राखेको अवस्थामा फेला पारी उक्त मो.सा. सहित  सोनालाल महतोलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई सम्बन्धित मो.सा.धनीको पहिचान गरी बुझाउने पहल भइरहेको साथै निज सोनालाल महतोलाई चोरी सम्बन्धि कसुर शिर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य भईरहेको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);