सूचनाको अधारमा भंसार छली चोरी पैठारी गरी प्लाष्टिकका बिभिन्न किसिमका सर-सामान अनाधिकृत रुपमा भण्डारण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सूचनाको अधारमा भंसार छली चोरी पैठारी गरी प्लाष्टिकका बिभिन्न किसिमका सर-सामान अनाधिकृत रुपमा भण्डारण

बीरगञ्ज, २४ माघ । विशेष सूचनाको अधारमा भंसार छली चोरी पैठारी गरी प्लाष्टिकका विभिन्न किसिमका सर-सामानहरु अनाधिकृत रुपमा भण्डारण गरेको छ, भन्ने प्राप्त सूचना अनुसार यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०७७।१०।२१ गते अं. १०:०० बजेको समयमा जिल्ला पर्सा बीरगंज म.न.पा.वडा नं.१० रानीघाट स्थित नामथर वतन नखुलेको व्यक्तिको टिनको छाप्रोको रितपूर्वक खान तलासी गर्दा उक्त छाप्रो भित्र अनाधिकृत रुपमा प्लाष्टिकका विभिन्न किसिमका सर-सामानहरु ५८ क्वीन्टल ९० के.जी. रु.५,८९,०००।– (पाँच लाख उन्नान्वे हजार ) बराबरको प्लाष्टिकबाट बनेको सर-सामानहरु बरामद गरी मिति २०७७।१०।२३ गते आवश्यक कारवाहीको लागि बीरगंज भंसार कार्यालय पर्सामा बुझाइएको ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);