लागुऔषध सहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लागुऔषध सहित एक जना पक्राउ

pakrau

सर्लाही ,२४ माघ । प्रहरीले  सर्लाहीको कविलासी नगरपालिका वडा न-८ अगर्वाबाट ८० पत्ता नाइट्राभेट -१० लेखिएको १२ सय पिस ट्याबलेट लागुऔषध सहित शुक्रवार साँझ एकजनालाई पक्राउ गरेको छ।

विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय मलंगवाबाट खटिएको टोलीले मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको BR30 M 0395 नम्बरको मोटरसाइकललाई चेक जाँच गर्दा सेतो प्लास्टिकको झोलामा लुकाइ छिपाई राखेको NITRAVET-10 लेखिएको ८० पत्ता लागुऔषध सहित कविलासी नपा-१० सलेमपुर बस्ने ३० वर्षीय नन्दकिशोर रायलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय  सर्लाहीका प्रवक्ता प्रहरी निरिक्षक दिपक चोरवारले जनाएको छ ।

 लागुऔषध सहित पक्राउ परेका रायलाई आवश्यक कार्यवाहीको लागि जिप्रकाको हिरासतमा राखेर थप अनुसन्धान भैरहेको प्रहरी  प्रवक्ता चोरवारले  बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);