लागुऔषध बिक्री गरेको आरोपमा एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लागुऔषध बिक्री गरेको आरोपमा एक जना पक्राउ

pakrau

कञ्चनपुर, १९ फागुन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले हेल्थ केयर मेडिकलमा लागुऔषध बिक्री गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

कृष्णपुर नगरपालिका – ५ गुलरियामा हेल्थ केयर मेडिकल सञ्चालन गर्दै आएका ३० वर्षीय चक्रबहादुर चौधरी लागुऔषध सहित पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले गोप्य सूचनाको आधारमा खानतलासी गर्दा उनको साथबाट ट्रामाडोम जस्तो देखिने हरियो रङ्गको ६ सय वटा क्याप्सुल बरामद गरिएको बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);