संघीय संसदका सांसदहरुलाई आजदेखि कोरोनाविरुद्धको खोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

संघीय संसदका सांसदहरुलाई आजदेखि कोरोनाविरुद्धको खोप

काठमाडौं, १९ फागुन । आजदेखि कोरोनाविरुद्धको खोप संघीय संसदका सांसदहरुलाई लगाइने भएको छ । आजदेखि शनिबारसम्म खोप लगाउनेमा राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्य तथा संसद सचिवालयका कर्मचारी र मर्यादापालक, सुरक्षाकर्मी गरि १ हजार ५ सय जनालाई खोप लाउन लागिएको हो ।

काठमाडौंको सिभिल हस्पिटलबाट खोप दिन लागिएको र ३ दिनभित्रमा खोप दिइसक्ने स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आगामी फागुन २३ गतेदेखि ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिइने छ ।

सरकारले भारतबाट १० लाख डोज खोप खरिद गरेको छ भने थप ४० लाख डोज खरिदको प्रक्रिया अघि बढेको मन्त्रालयको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);