आजदेखि जेष्ठ नागरिकहरुलाई कोरोनाविरुद्धको दोस्रो डोजको खोप लगाइदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आजदेखि जेष्ठ नागरिकहरुलाई कोरोनाविरुद्धको दोस्रो डोजको खोप लगाइदै

काठमाडाैं । सरकारले जेष्ठ नागरिकहरुलाई कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज आजदेखि लगाउने भएको छ ।

स्वास्थ्य सेवा विभागको खोप शाखाा अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आजबाट दोस्रो मात्रा दिन लागिएको हो ।

सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेलको पहिलो मात्रा देशभर दिएको थियो । भेरोसेलको पहिलो डोज लगाएका ज्येष्ठ नागरिक ३ लाख ७० हजार रहेका छन् । त्यसबाहेक भेरोसेलको पहिलो डोज लगाएका तर विविध कारणले दोस्रो डोज लगाउन छुटेका अन्य उमेर समुहका नागरिकलाई पनि दोस्रो डोज दिइने बताईएको छ ।

नेपालमा अहिले खोप लगाउने उमेर सहुका २ करोढ ९ लाख जनसंख्या छ । तर सबै नागरिकको लागि खोप व्यवस्थापन गर्न सरकारले सकेको छैन ।अबको एक महिनाभित्र झण्डै ५० लाख डोज खोप चिन र अमेरिकाबाट आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);