संघीय सांसदहरु र संसद सचिवालयका कर्मचारीहरुलाई खोपको दोस्रो डोज लगाउने कार्य आजपनि जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

संघीय सांसदहरु र संसद सचिवालयका कर्मचारीहरुलाई खोपको दोस्रो डोज लगाउने कार्य आजपनि जारी

काठमाडौं । संघीय सांसदहरु र संसद सचिवालयका कर्मचारीहरुलाई कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउने कार्य आज पनि जारी छ ।

गत फागुन १९, २० र २१ गते कोभिशिल्ड खोपको पहिलो डोज लगाएकाहरु संघीय सांसदहरुलाई शुक्रबारदेखि सुरु गरिएको दोस्रोे डोज खोप आज पनि जारी रहेको हो । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सभामुख अग्नि सापकोटाले दोस्रो डोज लगाएर यसको सुरुवात गर्नु भएको थियो ।

संसद सचिवालयले संघीय संसद भवनको ल्होत्से हलमा शुक्रबार, शनिबार र आइतबारका लागि खोपको दोश्रो डोज लगाउने व्यवस्था मिलाएको छ । शुक्रबारका लागि प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष लगायत दुवै सदनका सांसदहरु, पदाधिकारीहरूका निजी सचिवालयका सबै कर्मचारीका लागि खोप लगाएका छन् ।

त्यसैगरी शनिबार संघीय संसद सचिवालयका सम्पुर्ण कर्मचारीहरु,अन्तराष्ट्रिय सम्मेलन केन्द्र र नयाँ बानेश्वरमा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई तथा आईतबार स्वकीय सचिव लगायतका सबै कर्मचारीहरु, मर्यादापालक, सुरक्षासँग सम्बन्धित सबै कर्मचारी, संसदीय मामिलाका सबै पत्रकारहरुलाई खोपको दोश्रो डोज लगाइने छ ।

बिहान १० बजे देखि ४ बजे सम्म खोप लगाइने सचिवालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);