बुस्टर डोज खोप लगाएकालाई थप खोपको मात्रा दिने मन्त्रालयको तयारी | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

बुस्टर डोज खोप लगाएकालाई थप खोपको मात्रा दिने मन्त्रालयको तयारी

काठमाडौ । कोभिड–१९ को संक्रमण जोखिम फेरि बढ्न सक्ने आंकलनसहित बुस्टर डोज खोप लगाएकालाई थप खोपको मात्रा दिने तयारी स्वास्थ्य मन्त्रालयले गरेको छ । सरकारले पहिलो र दोस्रो खोप लगाइ बुस्टर डोज लगाएकाहरुलाई थप डोज दिने तयारी गरेको हो ।

मन्त्रालयले मापदण्ड तोकेका ५५ वर्षमाथिका वृद्धवृद्धा, दीर्घरोगीलगायतलाई प्राथमिकतामा राखेर यसअघि खोपको बुस्टर मात्रा लगाएकाहरुलाई थप मात्रा दिने जनाएको छ । अहिले दुई मात्रा लगाई सकेकालाई दिने बुस्टर खोपको मात्राका लागि १५ लाख डोज मगाइएको छ । मन्त्रालयको अनुसार अबको दुई हप्तापछि खोप आउने छ ।

भाइरसको सङ्क्रमण जोखिम बढेकाले अतिरिक्त मात्रा (बुस्टर डोज) खोप लगाउन मन्त्रालयले आग्रह गर्दै आएको छ ।
कोरोना सङ्क्रमण छिमेकी देश भारत र चीनमा बढिरहेकाले सबैलाई बुस्टर डोज लगाउन आग्रह गरेको हो ।

कोरोना भाइरसको नयाँ प्रजाति भेरियन्ट बीएफ–७ को खुला सिमानाका कारणले नेपालमा भित्रिन सक्ने भएकाले सजगता अपनाउन समेत स्वास्थ्य र गृह मन्त्रालयले आग्रह गरिसकेका छन् । तर नेपालमा अहिलेसम्म नयाँ प्रजातिको बीएफ–७ देखिएको भने छैन ।

कोभ्याक्स सुविधाअन्तर्गत सम्झौता गरिएको ९२ लाख मात्रा खोपमध्ये ३७ लाख मात्रा ल्याइसकेको छ । अब त्यही बाँकी रहेकामध्ये १५ लाख मात्रा खोप बुस्टर डोजका लागि ल्याउन थालिएको हो । मन्त्रालयले सङ्क्रमणबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, साबुन पानीले हात धुन वा स्यानिटाइजर नियमित प्रयोग गर्नसमेत आग्रह गरेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);