डब्लुएचओले कोरोना भाइरसविरुद्धको बुस्टर खोप नलगाउन आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

डब्लुएचओले कोरोना भाइरसविरुद्धको बुस्टर खोप नलगाउन आग्रह

एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्लुएचओले कम्तीमा आउँदो सेप्टेम्बरको अन्त्यसम्म कोरोना भाइरसविरुद्धको खोपको बुस्टर अर्थात थप मात्रा नलगाउन आग्रह गरेको छ ।

विकसित देशका नागरीकले खोपको पूर्ण मात्रा लगाएकाहरुलाई थप सुरक्षाका लागि बुस्टर मात्रा लगाउने योजना अगाडी सारेसँगै डब्लुएचओले तत्कालका लागि यो अभियान रोक्न आग्रह गरेको हो ।

डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले विश्वका गरिब देशहरुमा अहिले खोपको अभाव रहेको र उनीहरु निकै पछि परेको अवस्थामा धनी देशहरुले पूरा मात्रा लगाएकाहरुलाई थप मात्रा खोप दिने योजना सान्दर्भिक नहुने बताए ।

उनले सेप्टेम्बरको अन्त्यसम्ममा बुस्टर मात्राको योजनालाई रोकिँदा विश्वका सबै देशमा कम्तीमा १० प्रतिशत मानिसले कोरोना भाइरस विरुद्धको खोप लगाउन पाउने बताउनुभएको अन्तर्राष्ट्रय संचारमाध्यमहरुले जनाएका छन् ।

यसो गरिँदो खोपको पहुँचमा धनी र गरिब देशबिच रहेको असमानता कम हुने डब्लुएचओको भनाई छ । इजरायल र जर्मनीसहितका देशले खोपको पूर्ण मात्रा लगाएका आफ्ना नागरिकलाई बुस्टर मात्राका रुपमा खोपको तेस्रो खुराक दिने योजना सार्वजनिक गरेसँगै डब्लुएचओले यस्तो आग्रह गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);