बंगलादेशमा विवाहमा सरिक जन्तीमाथि चट्याङ पर्दा १७ को मृत्यु, १४ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

बंगलादेशमा विवाहमा सरिक जन्तीमाथि चट्याङ पर्दा १७ को मृत्यु, १४ घाइते

एजेन्सी । बंगलादेशमा विवाहमा सरीक जन्तीमाथि चट्याङ पर्दा १७ जनाको मृत्यु भएको छ ।

तटीय क्षेत्र शिवगंजमा जन्तीहरु डुंगाबाट उत्रिएर नदी किनारमा रहेको बेहुलीको घरतर्फ जाँदै गर्दा चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो ।

उक्त घटनामा बेहुलासहित अन्य १४ जना घाइते भएका छन् । बंगलादेशमा हरेक वर्ष चट्याङले ठूलो जनधनको क्षति हुने गरेको छ ।

सन् २०१६ को मे महिनामा बंगालादेशमा एकै दिन चट्याङ लागेर ८२ जनाको मृत्यु भएको थियो ।

उक्त महिनाभर चट्याङबाट ज्यान गुमाउनेको संख्या २ सय नाघेपछि सरकारले चट्याङलाई प्राकृतिक विपती घोषणा गरेको अन्तराष्ट्रिय संचारमाध्महरुले जनाएका छन् ।

विज्ञहरुले पछिल्ला वर्षमा चट्याङको घटना बढ्दै जानुमा वन विनाशलाई मूख्य कारण मानेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);