सप्तरीमा चट्याङ् लागेर ४ को मृत्यु, एक जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सप्तरीमा चट्याङ् लागेर ४ को मृत्यु, एक जना घाइते

storm n lightning

सप्तरी, ११ असार । सप्तरीमा चट्याङ् लागेर चार जनाको मृत्यु भएको छ । बिहीबार बिहान वर्षसँगै परेको चट्याङले महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राजविराजले जानकारी दिएको छ ।

घरमा पुजा लगाएर विहानै शप्तकोशी नदीमा नुहाउन गएका महादेव गाउँपालिका–२ का २७ वर्षीय युवक बेचन यादव र ६० वर्षीय वृद्ध छेदी ठाकुरको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, खेतमा बिहानै धान रोप्न गएकी डाक्नेश्वरी नगरपालिकाङ ९ की एक ३० वर्षीय महिला ललिता देवी यादव राजगढ गाउँपालिका– २ का ४६ वर्षीय केसी साह खातमा काम गर्न जाँदा चट्याङ लागेर मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता तिलक भारतीले जानकारी दिनुभयो ।

राजगढ–२ कै एक १८ वर्षीया आशा मण्डल चट्याङ लागेर घाइते भएकी छन् । उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);