कोरोना संक्रमितको शव व्यवस्थापन गरेको भन्दै प्रहरी चेकपोस्टमा आक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कोरोना संक्रमितको शव व्यवस्थापन गरेको भन्दै प्रहरी चेकपोस्टमा आक्रमण

corona shab

पोखरा, ११ असार । कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गरेको भन्दै पोखरा महानगरपालिका–३२ का स्थानीयले बिहिबार प्रहरी चेकपोस्टमा आक्रमण गरेका छन् । उक्त वडाको मजुवामा रहेको सातपत्रे घाटमा शव गाडिएको विरोधमा स्थानीयले कास्की र तनहुँको सीमामा राखिएको अस्थायी प्रहरी चेक पोस्टमा आक्रमण गरेका हुन् ।

आक्रोशित भीडलाई तितरबितर गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले ८ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । ढुंगामुढा गर्ने ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । शव व्यवस्थापन गर्न खोज्दा स्थानीयले टायर बालेर बाटो छेकेपछि प्रहरीले हटाउन खोज्दा प्रहरी र स्थानीयबीच झडप भएको थियो ।

झडपमा २ प्रहरी र केही स्थानीय घाइते भएका जनाइएको छ । नेपाल प्रहरी र सशस्त्रको टोलीले अवरोध हटाएपछि सेनाले शव व्यवस्थापन गरेको थियो । घाटमा पुग्ने बाटो छेक्ने स्थानीयको टोलीले नै चेकपोस्टमा आक्रमण गरेको प्रहरीले जनाएको छ ।

स्याङ्जाका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचारका क्रममा बुधबार राति मृत्यु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);