९० लाख बराबरको बोधिचित्तसहित लुटेरा फरार | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

९० लाख बराबरको बोधिचित्तसहित लुटेरा फरार

buddhachitta

काठमाडौं, १२ असार । हतियारसहित आएको एउटा समूहले रोशी गाउँपालिका–५ मा ९० लाख रुपैयाँ बराबरको बोधिचित्तको दाना लुटेको छ । अत्याधुनिक हतियारसहित आएको ३० जनाको समूहले वीरबहादुर तामाङको बारीमा रहेको रुखको बोधिचित्त लुटेको हो ।

बोधिचित्तको सुरक्षाका लागि कुरेर बसेका ५ जनालाई लुटेरा समूहले आक्रमण गरी घाइते बनाएका छन् । प्रहरीका अनुसार लुटेराहरु बोधिचित्तसहित भाग्न सफल भएका छन् । डीएसपी कुमार विक्रम थापाको कमाण्डमा रहेको टोलीले उनीहरुको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार राति साढे १० बजे एसएमजी बन्दुक २ थान, पेस्तोल २ थान, कटुवा बन्दुक १० थान, खुकुरी र सकेट बमसहित आएका उनीहरुले बाटोमा खतरा लेखेर यातायातका साधन चल्न दिएका थिएनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);