गाँजा बनाउने कच्चा पदार्थसहित वडा अध्यक्ष पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

गाँजा बनाउने कच्चा पदार्थसहित वडा अध्यक्ष पक्राउ

gharti

सुवास आचार्य
बाग्लुङ, १२ असार । निसीखोला गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गाँजा बनाउने करिब १ क्वीन्टल कच्चापदार्थ सहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुर्तिबाङले वडा अध्यक्ष सूर्यबहादुर घर्तीलाई विशेष सुराकीको आधारमा पक्राउ गरिएको हो ।

घर्तीको घर खानतलाशी गर्दा ८६ किलो गाजा बनाउन प्रयोग गरीने कच्चा पदार्थसहित नियन्त्रयामा लिईएको जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी राजेन्द्र प्रसाद रेग्मीले जानकारी दिनुभयो ।

बिहीबार राति इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरिक्षक प्रकाशसिंह भण्डारीको टोलीले वडा अध्यक्ष घर्तीलाई पक्राउ गरेको हो । पक्राउ परेका घर्ती नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन् ।

घर्तीलाई जिल्ला ल्याउने तयारी भएको सूचना अधिकारी रेग्मीले बताउनुभयो । बाग्लुङ जिल्लाको पश्चिम क्षेत्र गाँजा उत्पादन गर्ने पकेट क्षेत्रको रुपमा परिचित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);