चोरीको आरोपमा वडाअध्यक्षका छोरा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

चोरीको आरोपमा वडाअध्यक्षका छोरा पक्राउ

कपिलवस्तु । चोरी आरोपमा विजयनगर गाउँपालिका वडा नं ४ जोलाहीका सतिस कंडेल पक्राउ परेका छन । गत बैशाख १७ गते शिवराज नगरपालिका २ बालापुुर (हेल्लोडिहा) का सुन्दर लामिछानेको घरमा चोरी गरी फरार रहेका बर्ष २४ वर्षका सतिस कडेल पक्राउ परेका हुन ।

इलाका प्रहरी कार्यालय गणेशपुुरले लुुकिछिपी बस्दै आएका कंडेललाई असार ३ गते गाँउबाट पक्राउ गरेको थियो । गणेशपुर प्रहरी कार्यालयले कडेललाई पक्राउ गरी वडा प्रहरी कार्यालय चन्द्रौटालाई बुुझाएको थियो ।

पक्राउ परेका कडेललाई जिल्ला अदालतबाट म्याद थप गरी अनुुसान्धानको लागि थुनामा राखिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

पक्राउ परेका सतिष कडेल विजयनगर गाँउपालिका वडा नं न ४ का अध्यक्ष तिलक कंडेलका छोरा हुन ।

लामिछानेको घरबाट कडेलले तिनवाट दराज तोडफोड गरी नगद रु ५० हजार, सुन १ तोला चोरी गरेको पिडित सुन्दर लामिछानेले बताए ।

पक्राउ परेका कंडेल माथि अनुुसन्धान कार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);