श्रीमतीको हत्या गर्ने व्यक्ति पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

श्रीमतीको हत्या गर्ने व्यक्ति पक्राउ

पोखरा, १७ चैत । पोखरामा आफ्नी श्रीमतीको हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नं २६ स्थित बरालडाँडा बस्ने ४७ वर्षकी देबी जिसी विकको हत्या गरेको आरोपमा उनकै श्रीमान ४९ वर्षीय देब बहादुर वि.क. पक्राउ परेका छन् । विकलाई डाँडाकोनाक बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

विकले गत चैत १४ गते श्रीमतीमाथि कुटपिट गरी घाईते बनाएको र उपचारका लागि पश्चिम क्षेत्रिय अस्पताल पोखरा पठाइएकोमा मिति १५ गते उनको मृत्यु भएको थियो । मृतकका आफन्तले देव बहादुरले गरेको कुटपिटबाट ज्यान गएको भन्दै कास्की प्रहरीमा जाहेरी दिएका थिए ।

पक्राउ परेका उनि विरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुर अन्तरगत ७ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);