बागलुङमा एक रेष्टुरेण्टमा आगालागी, दशलाख बराबरको क्षति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

बागलुङमा एक रेष्टुरेण्टमा आगालागी, दशलाख बराबरको क्षति

बागलुङ, १७ चैत । बागलुङको सदरमुकामको एक रेष्टुरेण्टमा आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ ।

बागलुङ नगरपालिका वडा नं २ स्थित ग्रिन एण्ड चिल रेष्टुरेण्टमा मंगलबार ग्यास लिक भएर आगलागी हुँदा १०लाख बराबरको क्षति भएको हो । रेष्टुरेण्टको भान्छामा राखिएको ग्यास लिकेज भई आगोलागी हुँदा रेष्टुरेण्टमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् ।

दिउँसो भान्छामा खाजा बनाउँदै गर्दा एकाएक आगो सल्किएको संचालक विष्णु क्षेत्रीले बताए ।

आगोलागेको थाहापाए लगत्तै नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानीय युवाहरु र बागलुङ नगरपालिकाको दमकलको साहयताले आगो नियन्त्रणमा लिइएको छ ।

भान्छामा एकै ठाउँमा ग्गास सिलिण्डर रहेकाले समयमा नै आगो नियन्त्रणमा लिइएकाले ठूलो क्षति हुनबाट जोगिएको स्थानीय बिकाश श्रेष्ठले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);