पोखराबाट लागूऔषधसहित एक युवक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पोखराबाट लागूऔषधसहित एक युवक पक्राउ

पोखरा , २० चैत । पोखराबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देही कोटीहमाई –५ मजगाँवाका २१ वर्षीय विजय चौहान भनिने विज्रेस लोनिया बुधबार रातिको समयमा ठुलो मात्रामा लागूऔषधसहित पक्राउ परेका हुन् ।

पोखरा–३० पावर हाउस स्थित पृथ्वीराजमार्ग सडक खण्डमा वडा प्रहरी कार्यालय गगन गौडाबाट खटिएको प्रहरी टोलीले तनहुँबाट पोखरातर्फ आउँदै गरेको सवारी साधन चेकजाँच गर्ने क्रममा लोनियालाई दुई २९६ थान एम्पुलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनको साथबाट डाइजापान १०० एम्पुल, फेनेरागन ९७ एम्पुल, नुर्फिन ९९ एम्पुल गरी जम्मा २९६ एम्पुल र एक थान मोबाइल बरामद गरेको छ । पक्राउ परेका उनि माथि लागूऔषध मुद्दामा कास्की जिल्ला अदालतबाट १५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);