पोखरामा लागुऔषध सहित दुईजना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पोखरामा लागुऔषध सहित दुईजना पक्राउ

पोखरा , चैत्र -९ । पोखरामा अवैध लागु औषध सहित दुई जना पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय तथा मातहत वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका वडा नं -३० पावरहाउस स्थित सवारी चेकजाँच गर्ने क्रममा दुई जना पक्राउ परेका थिए । 

  पक्राउ पर्नेमा तनहुँ जिल्ला भानु नगरपालिका वडा नं -७ स्थायी घर भई हाल जिल्ला रुपन्देही सिद्धार्थ नगरपालिका वडा नं- ९ गोलिगढ बस्ने २० वर्षीय चुडामडी खतिवडा र सोही ठेगाना भई वडा नं – ३ भैरहवा बसपार्क बस्ने १९ वर्षीय गुलाम हुसेन रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट डाईजापान १०० एम्पुल, फेनेरागन – १०० एम्पुल र नुर्फिन ९९ एम्पुल गरी जम्मा २९९ एम्पुल लागु औषध र २ थान मोवाइल समेत वरामद गरेको छ ।

प्रहरी नियन्त्रणमा रहेका उनीहरुमाथि लागु औषध सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);