पाल्पामा ३ थान भरूवा बन्दुक सहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

पाल्पामा ३ थान भरूवा बन्दुक सहित एक जना पक्राउ

सुमन गाहा

पाल्पा, चैत । पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका ३ नायर सिचासमा भरुवा बन्दुक सहित एक जनालाई नियन्त्रणमा लिइएको छ ।

बगनासकाली गाउँपालिका वडा नं ३ तल्लो सिन्चास बस्ने बर्ष ५८ को हिरा बहादुर सारुले आफ्नै घरमा भरुवा बन्दुक अबैध रुपमा लुकाई छिपाई राखेको भन्ने सुचनाको आधारमा खानतलासि गर्दा १ नाले भरुवा बन्दुक ३ थान फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनलाइ घरमा राखेको भरुवा बन्दुक सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);