अवैध सालको गोलिया र काठ बरामद | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

अवैध सालको गोलिया र काठ बरामद

सर्लाही , ६ चैत । सर्लाहीको हरिपुर नगरपालिका–१ जनकीनगरबाट प्रहरीले ट्याक्टरमा लोड गरि राखेको अवैध सालको गोलिया र चिरान गरेको काठ बरामद गरेको छ।

बिहीबार साँझ करिब ५ बजेको समयमा जानकीनगर स्थित को २ त ८४९६ नम्बरको ट्याक्टरमा ७ वटा साल गोलिया र २६ वटा चिरान गरेको अन्दाजी ५८.४० क्युफिटको काठ लोड गरि राखेको छ भन्ने प्राप्त खबरको आधारमा गएका प्रहरी टोलीले ट्याक्टरसहित गोलिया र काठहरु बरामद गरि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ ।

ट्याक्टर सहित नियन्त्रणमा लिएको काठ आवश्यक कार्वाहीको लागि डिभिजन बन कार्यालय लालबन्दी पठाइएको प्रवक्ता कुवँरले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);