विद्यालय भवन र पुस्तकालयका लागि रकम संकलन गर्न साईकल यात्रा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

विद्यालय भवन र पुस्तकालयका लागि रकम संकलन गर्न साईकल यात्रा सुरु

दोलखा, ६ चैत । दोलखामा निर्माणाधीन विद्यालय भवन र डडेल्धुराको बहादुर खर्क स्मृति पुस्तकालयका लागि रकम संकलन गर्न दोलखा निवासी देवेन्द्र बसन्यातले साईकल यात्रा सुरु गरेका छन् ।

भुकम्पले क्षतिग्रस्त दोलखाको राजकुलेश्वर विद्यालय भवन र डडेल्धुराको बहादुर खर्क स्मृति पुस्तकालय भवन निर्माणका लागि रकम संकलन गर्ने उद्देश्यले हेल्प नेपाल नेटवर्कको व्यवस्थापनमा साइकल यात्री बस्न्यातले दोलखा देखि दिपायल सम्म १२ सय किलोमिटर यात्रा गरिरहेका छन् ।

एक दशक भन्दा लामो समयदेखि साइकल यात्रा मार्फत पर्यटन प्रवर्धन गर्दै आएका बस्न्यातले पहिलो पटक शिक्षा क्षेत्रमा सहयोगका लागि एकल साइकल यात्रा सुरु गरेकाहुन् ।

दोलखाबाट सुरु भएको यात्रा दाङको देउखुरी आइपुगेका छ भने अब डडेलधुरा तर्फ अघि बढ्ने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);