भैरहवाका साइकल यात्री अर्घाखाँचीको यात्रामा | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

भैरहवाका साइकल यात्री अर्घाखाँचीको यात्रामा

भैरहवा । भैरहवा साइकल सिटीले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न अर्घाखाँची साइकल यात्रा गरेको छ । साईकल सिटी भैरहवाका राइडरहरूले तिहारको बिदालाई सदुपयोग गर्दै आइतबार बिहान अर्घाखाँचीका लागि यात्रा तय गरेका हुन ।

पर्यटनलाई थप ऊर्जा थप्न ‘अर्घाखाँची साइकल यात्रा–२०७८’ गरिएको साइकल सिटी भैरहवाका अध्यक्ष सूर्यकुमार सारु मगरले बताए । ‘हाम्रो यात्रा तीन दिनसम्म रहने छ, आइतबार बिहान ५.३० बजे बुध्दचोकबाट यात्रा सुरु भएको छ । आइतबार कपिलवस्तु गोरुसिङ्गे हुँदै नरपानीमा बसाइ रहनेछ ।

सोमबार बिहान सन्धिखर्क बजार अवलोकन भ्रमण गर्ने, मंगलबार नरपानीदेखि ढोरपाटन सडक, सालझण्डी हुँदै भैरहवा फर्किने कार्यक्रम रहेको उनले बताए । 

विपिन रेग्मीको संयोजकत्वमा १४ सदस्यीय साइकिलिस्टको टोली उक्त यात्रामा सहभागी छन् । कोभिडले आक्रान्त पारेको नेपालको पर्यटनलाई पुनर्जीवन प्रदान गर्ने उद्देश्यसहित  साइकल यात्रा गरेको अध्यक्ष सारु मगरले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);