आइतवारबाट काठमाण्डौ–सिन्धुलीगढी–जनकपुर साइकल यात्रा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आइतवारबाट काठमाण्डौ–सिन्धुलीगढी–जनकपुर साइकल यात्रा सुरु

cycle yatra

काठमाडौं, २३ मंसिर । ऐतिहासिक–सामाजिक–सांस्कृतिक सदभाव कायम गर्न आह्वान गर्दै आइतवार काठमाडौं–जनकपुर साईकल यात्रा सुरु गरिएको छ ।

हिन्दुहरुको पवित्र तीर्थस्थल काठमाडौंको पशुपतिनाथबाट ऐतिहासिक–सामाजिक–सांस्कृतिक सद्भाव कायम गर्न आह्वान गर्दै सो साईकल यात्रा शुभारम्भ गरिएको हो ।

आईतबार पशुपतिनाथ परिसरमा एक कार्यक्रमका बीच उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले साईकल यात्राको शुभारम्भ गरेका छन् । साइकल यात्रामा ८५ जना सहभागी रहेका छन । सो साईकल यात्रा वीर पूर्खाहरुले तत्कालीन अंग्रेज फौजलाइ हराएको ऐतिहासिक स्थल सिन्धुलीगढी हुँदै धार्मिक नगरी जनकपुरस्थित रामजानकी मन्दिरमा पुगेर समापन हुनेछ ।

जनकपुरमा विवाह पञ्चमीको अवसर पारेर सो साईकल यात्रा आयोजना गरिएको हो । कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले साईकल यात्राले पर्यटकीय क्षेत्रको मात्रै नभएर मुलुकको राजनीतिक, आर्थिक तथा देशभक्तिको भाव जागृत गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

सो साईकल यात्रा ४ दिनमा २ सय २५ किलोमिटर पार गरी जनकपुरस्थित जानकी मन्दिरमा पुगेर समापन हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);