सिएमजी क्लबद्धारा नेपाल प्रहरीलाई साईकल सहयोग | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

सिएमजी क्लबद्धारा नेपाल प्रहरीलाई साईकल सहयोग

कञ्चनपुर, १६ असोज । नेपाल प्रहरीलाई गस्ती गर्नका लागि सिएमजी क्लबले साईकल सहयोग गरेको छ । सिएमजी क्लबले समाजिक उत्तरदायित्व भन्दै सुदूरपश्चिम प्रदेश प्रहरीलाई साईकल सहयोग गरेको हो ।

बिहीबार एक कार्यक्रमका बीच सिएमजी क्लबका प्रबन्ध निर्देशक नरेन्द्र शाहले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीलाई हस्तान्तरण गर्नु भएको छ । साईरन, लाईट सहित नेपाल प्रहरी लेखिएको स्पेशल साईकल वितरण गरिएको हो । नागरिकको सुरक्षाका लागि अहोरात्र खटिने प्रहरीलाई गाँउबस्ती एव शहरमा गस्तीकालागि साईकल वितरण गरिएको हो ।

क्लबले विभिन्न घटना परिघटनाका बेला समाजिक उत्तरदायित्व बहन गर्दै आएको प्रहरीको प्रतिक्रिया जनाएको छ । प्रहरीले क्लबबाट प्राप्त साईकलले गस्तीमा मदत पुग्ने जनाएको छ । कञ्चनपुरमै रहने साईकल दुर्गम बस्तीमा गस्तीका लागि पठाईने र अपराध न्यूनिरणका लागि प्रयोग हुने प्रहरीको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);