डडेल्धुरा अजयमेरु गाउँपालिकाका सबै सामुदायिक विद्यालय सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

डडेल्धुरा अजयमेरु गाउँपालिकाका सबै सामुदायिक विद्यालय सञ्चालन

डडेल्धुरा १६, असोज । डडेल्धुरा अजयमेरु गाउँपालिकाका सबै सामुदायिक विद्यालय सञ्चालनमा आएको छ । भौतिक दुरी कायम गरी विद्यालयमा निरन्तर पढाइको सुरुवात गरिएको गाउँपालिकाले जनाएको छ । कोरोना भाईरसका कारण बन्द रहेका विद्यालय पहिलो पटक सञ्चालनमा आएका हुन् ।

अजयमेरु गाउँपालिकामा गाउँपालिका स्तरीय निर्णय गरि विद्यालय खोल्ने सहमतिपछि त्यहाँका सबै विद्यालयहरु सञ्चालनमा आएका हुन् । विद्यार्थीलाई कोरोनाबाट जोगिन स्वास्थ्य सामाग्री तथा सम्पूर्ण सुरक्षाका सामाग्री अपनाएर विद्यालयमा नियमित पठन–पाठन गर्न थालिएको गाउँपालिकाले जनाएको छ । लकडाउनका समयमा विद्यालयलाई क्वारेन्टाइन बनाईएको थियो ।

विद्यालय भवनका कक्षा कोठा पूर्णरुपमा सेनेटाईजर गरिए पनि कोभिड जोखिमलाई मध्यनजर गरि हालका लागि विद्यालयको चौरमा भौतिक दुरी कायम गरि पठन पाठन कार्य भईरहेको छ बालकल्याण मा. वि. प्रधानाध्यापक जगदिशसिंह भट्टले बताए ।

अजयमेरु गाउँपालिकामा ३२ वटा सामुदायिक विद्यालय रहेका छन् । कोरोना संक्रमणकोदर न्यून रहेका कारण विद्यार्थीहरुलाई भौतिक दुरीमा बसाई सेनेटाईजर र मास्कको प्रयोग गरि निरन्तर पढाई हुनेमा अभिाभावक पनि ढुक्क छन् । अजयमेरु गाउपालिकाले स्थानिय तहमा रहेका विद्यालय सचांलनका लागि यस अघि प्रधानाध्यापक, अभिभावक, विद्यालय कर्मचारी र अन्य सरोकारवालासगं राय सुझाव संकलन गरि विद्यालय संचालन गर्ने निर्णय गरेको थियो ।

कोरोनाभाईरसको जोखिम मध्यनजर गर्दै नियमित विद्यालय खोल्ने निर्णय गरेको अजयमेरु गाउपालिकाका अध्यक्ष दत्तीसिँह भण्डारीले बताए । जिल्लाका अरु स्थानिय तहहरुले पनि विद्यालय खोल्नका लागि छलफल गरि रहेका छन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);