सर्लाहीमा आधारभूत विद्यालयका २३ छात्राहरुलाई साईकल वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सर्लाहीमा आधारभूत विद्यालयका २३ छात्राहरुलाई साईकल वितरण

राजिव शाह,
सर्लाही । प्रदेश २ मा ‘बेटि बचाउ, बेटि पढाउ’ अभियान अन्तर्गत सर्लाहीमा आधारभूत बिद्यालयमा साईकल वितरण गरिएको छ ।

सर्लाही हरिवन नगरपालिका वडा १ पटौनास्थित अधारभुत विद्यालयमा कक्षा आठमा अध्यनरत क्षत्राहरुलाई एक कार्यक्रमका बीच २३ जना छात्राहरुलाई साईकल वितरण गरिएको हो ।

हरिवन नगरपालिका-१का वडा अध्यक्ष राम बहादुर क्यापछाको अध्यक्षता तथा जनता समाजवादी पार्टीको भातृ संगठन समाजवादी किसान महासंघको केन्द्रिय उपाध्यक्ष विनोद यादवको प्रमुख आतिथ्यातामा कर्यक्रम सम्पन्न भएको छ ।

हरिवनस्थित ६ वटा माबि र २ वटा अधारभुत विद्यालयमा साईकल वितरण गर्ने कार्यक्रम रहेको जनता समाजवादी पार्टीको भातृ संगठन समाजवादी किसान महासंघको केन्द्रिय उपाध्यक्ष विनोद यादवले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);