सर्लाहीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सर्लाहीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

सर्लाही, ८ माघ । सर्लाहीमा बिहीबार बिहान बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बिहीबार बिहान दाङबाट काकडभिट्टातर्फ जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस हरिवन नगरपालिकामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । दुर्घटनामा १७ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका–५ बस्ने ३६ वर्षीया राजकुमारी चौधरी र सोही ठाउँ बस्ने २३ वर्षीया रिता चौधरी रहेका छन् । राजकुमारीको घटना स्थलमै र रिताको उपचारको लागि बिरगंजतर्फ लाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

हरिवन नगरपालिका–५ स्थित सशस्त्र प्रहरीको बेस क्याम्प नजिक आफै अनियन्त्रित भई सडकबाट १० मिटर तर पल्टिएर दुर्घटना भएको हो ।

बसमा सवार ३० जना यात्रु सवाल थिए । चालक सहित ५ जनाको अवस्था गम्भिर रहेका कारण न्युरो अस्पताल बिरगंज उपचारको लागि पठाइएको छ । बसमा सवार बाँकी ११ जना यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);