ओलम्पिक स्थापनाको अवसरमा काठमाडौंमा साईकल र्‍याली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ओलम्पिक स्थापनाको अवसरमा काठमाडौंमा साईकल र्‍याली

काठमाडौं, ३२ जेठ । नेपाल ओलम्पिक कमिटीले आधुनिक ओलम्पिक स्थापनाको अवसरमा काठमाडौंमा साईकल र्‍याली गरेको छ । शनिबार ललितपुरको सातदोबाटोस्थित ओलम्पिक भवनबाट साईकल र्‍याली निकालिएको हो । काठमाडौंको भृकुटीमण्डपसम्म पुगेको साईकल र्‍यालीमा खेलाडी, खेलप्रेमी तथा पदाधिकारी समेत गरि झण्डै ३ सय सहभागी थिए ।

सन् १८९४ जुन २३ मा आधुनिक ओलम्पिक स्थापना भएको थियो । सोही दिनको स्मरणमा विश्वभर जुन २३ तारिखमा ‘ओलम्पिक डे’ मनाउने गरिन्छ । ओलम्पिक कमिटीले ‘ओलम्पिक डे’का दिन असार ८ गते विशेष कार्यक्रम गर्ने भएको छ । कार्यक्रमहरु सात वटै प्रदेशमा गरिने भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);