कोरोना कहरबीचमा ओलम्पिक खेलका लागि कुनै अभ्यास प्रशिक्षण भएनन् | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

कोरोना कहरबीचमा ओलम्पिक खेलका लागि कुनै अभ्यास प्रशिक्षण भएनन्

काठमाडाैं,६ भदाै । ओलम्पिकमा सहभागिता जनाउँदै पदक हाँसिल गर्ने लक्ष्य सबै खेलाडीसंग हुने गर्छन् । नेपाली खेलाडी पनि त्यो लक्ष्यलाई पूरा गर्न दिनरात प्रयास गरिरहेकै छन् । तर, कोरोना कारण अहिले नेपाली खेलाडीले कुनै अभ्यास गरेका छैनन्। अभ्यासको अभावमा वाइल्ड कार्डको अवसर समेत गुम्ने भएको छ ।

ओलम्पिकमा सहभागिता जनाउनु नेपाली खेलाडीका लागि एउटा ठूलो अवसर पनि हो । खेल जीत हार एक पाटो होला, तर अन्तर्राष्टिय फोरममा सहभागीता जनाउनु नेपालको गौरव र शान हो । त्यसो त अहिलेसम्म छनोट पार गरेर ओलम्पिकमा तेक्वान्दोका संगीना वैद्य र दीपक विष्टले मात्र राष्ट्रको प्रतिनिधित्व गरिसकेका छन् ।

नेपाली खेलाडीको अब्बल मेहेनत र लगाबले ओलम्पिक बाटो खुलेको थियो ।तर, अहिले नेपाली खेलाडीको ओलम्पिक सहभागिता कोरोना तगारो बनेको छ । प्रतियोगितामा सहभागिता नहुनुसंगै संक्रमणले खेलाडीहरु अभ्यासमा जुट्न पाएका छैनन् ।

वाइल्ड कार्डका माध्यमबाट छनोटमा असफल भए पनि छनोट प्रतियोगितामा गरिएको प्रदर्शन र प्राप्त नतिजाका आधारमा ओलम्पिक सहभागिताको मौका हुने गर्दछ । तर, वाइल्ड कार्ड मौकालाई सदुपयोग गर्नका लागि भएपनि कहरका बीचमा खेल अभ्यास हुनुपर्ने खेलविज्ञको सुझाव छ ।

नेपालबाट ७ खेलका १२ खेलाडीको नाम वाइल्डकार्डका लागि सिफारिस गरिएको छ ।वाइल्डकार्ड अवसर सदुपयोग गर्न पनि खेलाडीलाई राम्रो प्रदर्शन र नतिजा आवश्यक पर्छ । त्यसकालागि पनि अभ्यास र प्रदर्शन निकै जरुरी हुन्छ । वाइल्ड कार्डबाट भए पनि ओलम्पिकमा सहभागिता जनाउने नेपाली खेलाडीको सपना छ । यसर्थ कहरको बीचमा पनि अभ्यास गर्नुपर्ने खेलाडीहरुको प्रतिक्रिया छ ।

नेपाली खेलाडीलाई प्रत्यक्ष रुपमा नियाल्ने नेपाल ओलम्पिक कमिटीले सहभागी हुने खेलाडीका लागि अहिलेसम्म कुनै योजना अघि सारेको छैन । नेपाल बाहेक दक्षिण एशियाका केही देशमा ओलम्पिकमा सहभागिता जनाउने खेलाडीलाई सरकारले नै निश्चित मापदण्ड बनाएर अभ्यासलाई तीब्रता दिइरहेको छन् । तर, ओलम्पिकमा सहभागी हुने खेलाडीको खेल निखार्नका लागि नेपाल ओलम्पिक कमिटीले कुनै चासो देखाएको छैन ।

कठिन अवस्थामा सम्बन्धित संस्थाले अभिभावकत्व गर्न नसक्दा ओलम्पिक कमिटीमाथि औचित्यको प्रश्न उठेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);