रोहित शर्मासहित ५ खेलाडीलाई राजीव गान्धी खेल रत्न अवार्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

रोहित शर्मासहित ५ खेलाडीलाई राजीव गान्धी खेल रत्न अवार्ड

एजेन्सी, ६ भदौ । भारतको युवा तथा खेलकुद मन्त्रालयले क्रिकेटर रोहितसहित ५ खेलाडीलाई उक्त अवार्डबाट सम्मान गर्ने निर्णय गरेको हो । रोहित यस अवार्ड पाउने चौथो क्रिकेटर हुनेछन् ।

यसअघि क्रिकेटका सचिन तेन्दुलकर, महेन्द्र सिंह धोनी र विराट कोहलीले यस अवार्ड पाएका छन् । क्रिकेटर रोहितसँगै टेबल टेनिसका मनिका बत्रा, कुस्तीका भिनेस भोगट, हक्कीका रानी र पारा एथ्लेटिक्सका मारियापान थंगाभेलु पनि राजीव गान्धी खेल रत्न अवार्डबाट सम्मानित हुने भएका छन् ।

यस्तै क्रिकेटर इशान्त शर्मा र महिला क्रिकेटर दिप्ती शर्मासहित २७ जनालाई अर्जुना अवार्ड प्रदान गरिनेछ । त्यसबाहेक १३ जनालाई द्रोणाचार्य अवार्ड र १५ जनालाई ध्यानचन्द्र अवार्ड प्रदान गरिनेछ । तेन्जिङ नोर्गे नेशनल एड्भेन्चर अवार्ड ८ जनालाई प्रदान गरिनेछ ।

राष्ट्रिय खेलकुद दिवसका अवसरमा आगामि अगष्ट २९ मा भर्चुअल रुपमा अवार्ड वितरण गरिनेछ । यसअघि राष्ट्रपति भवनमा अवार्ड प्रदान हुँदै आएपनि कारोनाका कारण यस पटक भर्चुअल रुपमा अवार्ड प्रदान गरिने जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);