नेपाली राष्ट्रिय भलिबल टोली ‘टिम अफ दी इयर’ अवार्डबाट सम्मानित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

२७ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टोली पल्सर स्पोर्टस अवार्ड अन्तर्गतको ‘टिम अफ दी इयर’ अवार्डबाट सम्मानित भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चले राष्ट्रिय भलिवल टोलीलाई वर्षको उत्कृष्ट टिम घोषणा गर्दै अवार्ड प्रदान गरेको हो । छ दशकदेखि गल्फमा विभिन्न जिम्मेवारी निर्वाह गरेका घनश्याम थापालाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ । उत्कृष्ट प्रशिक्षकको अवार्ड एथ्लेटिक्सका पुष्पराज ओझालाई प्रदान गरियो । पल्सर स्पोट्र्स अवार्डमा जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले युवा वर्ष खेलाडीको अवार्ड हात पारिन् ।

उत्कृष्ट पुरुष खेलाडीको अवार्ड राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरणकुमार लिम्बुले पाए भने उत्कृष्ट महिला खेलाडीको अवार्ड ब्याड्मिन्टन खेलाडी नङसला देवी तामाङले जितिन् । एथलेटिक्सकी कान्छीमाया कोजुले ‘पिपुल्स च्वाइस अवार्ड’ जितिन् भने पदम बदेला पारा एथ्लिट वर्ष खेलाडी अवार्डबाट सम्मानित भए । खेलकुदमार्फत व्यक्तिको भाग्य र भविष्य परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न सफल बन्दी सहायता नियोग (पाम) लाई यसपटक स्पेशल अवार्डबाट सम्मानित गरिएको छ ।

पाम कैदी आमा बाबुका सन्तानको संरक्षण र तीनलाई नै जुडो खेलाडीका रुपमा तयार पार्न आठ बर्षदेखि सक्रिय छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);