आज नेपालमा पहिलो पटक क्रिकेट अवार्ड प्रदान गरिंदै, कमलपोखरीमा दिउँसो २ बजेदेखि सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आज नेपालमा पहिलो पटक क्रिकेट अवार्ड प्रदान गरिंदै, कमलपोखरीमा दिउँसो २ बजेदेखि सुरु

criket award

काठमाडौं, २१ फागुन । नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान)ले आज क्रिकेट अवार्ड वितरण गर्दैछ ।

सिप्यानले पहिलो पटक क्रिकेट अवार्ड समारोह आयोजना गर्न लागेको हो । विभिन्न पाँच विधाका क्रिकेट खेलाडी एवं क्रिकेटकर्मीलाई पुरस्कृत गर्ने सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । रुसी साँस्कृतिक केन्द्र कमलपोखरीमा आज दिउँसो २ बजेदेखि अवार्ड कार्याक्रम आयोजना हुनेछ । यसका लागि विभिन्न विधाको मनोनयन यसअघि नै सार्वजनिक गरिएको छ ।

सिप्यानले वर्षको उत्कृष्ट खेलाडी पुरुषतर्फ दिपेन्द्रसिंह ऐरी, करण केसी, पारस खड्का, सन्दिप लामिछाने र सोमपाल कामी तथा महिलातर्फ इन्दु बर्मा, करुणा भण्डारी, रुवीना क्षेत्री, सरिता मगर र सिता रानामगरलाई मनोनयनमा राखेको छ । यसैगरी बर्षको उदयमान खेलाडीको मनोनयनमा अभिनाश बोहरा, कविता कुवँर,ललितनारायण राजवंशी, रोहितकुमार पौडेल र सन्दिप जोरा परेका छन् ।

सिप्यानले मोमेन्ट अफ दी इयर विधाका लागि उत्कृष्ट १० खेलाडीको मनोनयन यसअघि नैं सार्वजनिक गरिसकेको छ ।क्रिकेट खेलको विकास र विस्तारमा उल्लेखनीय योगदान दिने व्यक्तिलाई लाईफटाईम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिनेछ । बर्षको उत्कृष्ट हुने पुरुष खेलाडीले एक लाख ३२ हजार रुपैयाँ पाउनेछन् भने अन्य विधाका विजेताहरुले ६६ हजार रुपैंया पुरस्कार पाउनेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);