२०७४ को पल्सर स्पोर्टस् अवार्ड मनोनयनमा क्रिकेटको वर्चश्व | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

२०७४ को पल्सर स्पोर्टस् अवार्ड मनोनयनमा क्रिकेटको वर्चश्व

युवा क्रिकेटर सन्दिप लामिछाने तीन विधामा मनोनयन –

काठमाडौं, ३१ वैशाख । २०७४ को पल्सर स्पोर्टस् अवार्ड मनोनयनमा क्रिकेटको वर्चश्व देखिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार सार्वजनिक गरेको मनोनयनमा यस बर्ष महिलाबाहेक सबै विधामा क्रिकेट खेलाडी र प्रशिक्षक बढी छन् ।

वर्षको उत्कृष्ट पुरुष खेलाडी, युवा खेलाडी र प्रशिक्षकमा क्रिकेटका २–२ जना मनोनयनमा पर्न सफल भएका छन् । वर्षका उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटलाई एक दिवसीय मान्यता दिलाउन सफल पारस खड्का र सन्दिप लामिछाने, ब्याडमिन्टनमा दिपेश धामी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र गल्फका टंक बहादुर कार्की मनोनयनमा परेका छन् ।

युवा खेलाडीको मनोनयनमा पनि क्रिकेटकै सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, फुटबलका दिनेश हेन्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

उत्कृष्ट प्रशिक्षक विधामा क्रिकेट कै जगत टमाटा र बिनोद दास, फुटबलका छिरिङ लोप्साङ गुरुङ, ब्याडमिन्टनका जयन्तकुमार श्रेष्ठ र बक्सिङका प्रकाश थापामगर मनोनयनमा परेका छन् ।

वर्षको उत्कृष्ट महिला खेलाडी विधाको मनोनयनमा ब्याडमिन्टनकी शोभा गौचन, आर्चरीकी ज्ञानु अवाले, बक्सिङकी विमला श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र टेबलटेनिसकी नविता श्रेष्ठ छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);